क्रेजी साप्ताहिक काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को बुधबार हुन लागेको उद्घाटन कार्यक्रममा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर मन्त्री बार्लेटलाई स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।