नया तरिका खोज्दै सुन तस्करी, मलद्वारमा लुकाएर ल्याउने पक्राउ - Crazysaptahik.com

नया तरिका खोज्दै सुन तस्करी, मलद्वारमा लुकाएर ल्याउने पक्राउ


क्रेजी साप्ताहिक । सुन तस्करीहरुले नयाँ नयाँ तरिका खोज्ने गरेको पाइएको छ । मंगलबार मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि सुन तस्करीले कति सम्म दिमाग लगाउँछन भन्ने कुरा खुलेको हो ।

आधा किलो सुनसहित भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई  अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विहान पक्राउ गरेको हो । दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको थियो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित खवर