पत्रकार र पथरी जेसीज बीच मैत्रीपूर्ण फुटसल - Crazysaptahik.com

पत्रकार र पथरी जेसीज बीच मैत्रीपूर्ण फुटसल

क्रेजी साप्ताहिक
पथरी । पथरी जेसीज र सञ्चारकर्मी बीच बिहिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ ।

पथरी जेसीजको सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार भएको प्रतियोगितामा ८–७ गोल अन्तरले पत्रकारको टिम बिजयी भएको हो । पत्रकारहरुको टिममा सन्तोष राई, अर्जुन जम्नेली राई, दिनेश सुब्बा, नवराज भट्टराई, भीमराज अधिकारी, कुमार खड्का, बिजय धिमाल, विवेक न्यौपाने, लङसिङ श्रेष्ठ, ईस्वर दुलाल र ज्योति भट्टराई थिए ।

यस्तै पथरी जेसीजको तर्फबाट अध्यक्ष सन्तोष ढुंगेल, महासचिव सुवर्ण खत्री, गिरिस साम्बा, राज तिरुवा, निरोज बस्नेत, भुवन मगर, अनु राई लगायतले खेलेका थिए । उर्लाबारी फुटसल मैदानमा भएको मैत्रीपूर्ण फुटसल बिजेता पत्रकार टिमलाई ट्रर्फीको साथमा अध्यक्षको ढुंगेलको तर्फबाट विभिन्न दार्शनिक तथा सफल ब्यक्तिहरुको जिवनीमा आधारित पुस्तकहरु प्रदान गरेका थिए ।

पथरी जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै, डास खोलामा मलामी घर सरसफाई, क्यासर रोगीलाई आर्थिक सहयोग वितरण, जनमैत्री प्रशासन र विधिको शासनको लागि चेतनामूलक कार्यक्रम (शासन व्यक्ति होइन विधिको उल्लेखित स्टीकर कार्यालयमा टाँस्ने), पर्यटन प्रवद्र्धन लगायतको कार्यक्रम गरी मंसिर १६ देखि २५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.