
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन व्यवस्थापन सम्वन्धी एक दिने तालिम आयोजना गरेको छ ।
आफ्नो अगुवा उपभोक्ताहरूलाई वन व्यवस्थापन सम्वन्धी थप जानकारी दिने हेतुले तालिमको आयोजना गरिएको समूहका अध्यक्ष काबुलबहादुर मगर (विकास)ले जानकारी गराए ।
सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वन विकास सम्बन्धी बिरुवा उत्पादन, गोडमेल छटनी, कटनी, वन राम्रो हुन आवश्यक तत्वहरु, जैविक विविधता, जंगलबाट मानव समुदायमा हुने उपयोगिता लगायतको बारेमा जानकारी दिएका थिए ।

हरियालीको कार्तिक २२ गते १५ औं साधारणसभाबाट नयाँ समिति चयन भएका छन् । साधारणसभाबाट आएका नयाँ पधाधिकारी सदस्यहरु, उपसमिति र टोल प्रमुखहरुलाई वन व्यवस्थापन सम्वन्धी तालिम दिइएको समितिका सचिव निर्मला चौहानले जनाए । तालिममा ५० जना अगुवा उपभोक्ताहरु सहभागी भएका थिए ।

