
क्रेजी साप्ताहिक
पथरी । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवसका अवसरमा शनिबार पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्ना २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ ।
शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा सावित्रा न्यौपाने र निर्मला खतिवडालाई जनही नगद ६० हजार र सम्मान पत्रले सम्मानित गरिएको थियो । उहाँहरु ६० वर्ष उमेर पुगेकाले स्वयमसेविकाको जिम्मेवारीबाट विदाई समेत गरिएको छ ।
सो कार्यक्रममा, नगर प्रमुख दिलिपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट बास्तोला, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई सहितले उहाँहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्दै उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्नुभयो । सो अवसरमा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य एवं स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो । दुई जना स्वास्थ्य स्वयमसेविकाको विदाइपछि उहाँहरुको स्थानमा नयाँ २ जनालाई नियुक्त गरी स्वागत गरिएको छ ।

