अपाङ्गता आर्थिक विपन्न व्यक्तिहरुलाई न्यानो कपडा - Crazysaptahik.com

अपाङ्गता आर्थिक विपन्न व्यक्तिहरुलाई न्यानो कपडा

क्रेजी साप्ताहिक
पथरी । नगरका अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुको राहतका मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको सहभागितामा मंगलबार वडा नम्बर ९ का १, ८ का २ जना गरी ३ जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा यसअघि
अपाङ्गता भएका आर्थिक विपन्न परिवारका २ जनालाई ह्विलचियर र ४ जनालाई ब्लाङ्केट वितरण गरिएको थियो । अझै केहीलाई ब्लाङ्केट वितरण गरिनेछ ।

सो टोलीले कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरे÷ नगरेको अवस्थाको पनि केही विद्यालयमा अनुगमन गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.