टेन्सबर्ग पथरी शनिश्चरे फुटबल लिगको उद्घाटन खेलमा शिखर र हेमा असले अंक बाँडे - Crazysaptahik.com

टेन्सबर्ग पथरी शनिश्चरे फुटबल लिगको उद्घाटन खेलमा शिखर र हेमा असले अंक बाँडे

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीमा आज (बिहिबार)देखि ‘टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग–२०७७’ सुरु भएको छ ।

उद्घाटन खेलमा शिखर फुटबल क्लब र हेमा अस हाइवे फुटबल क्लबले २ बराबर गोल गर्दै १–१ अंक बाँडेको छ । खेल सुरु भएको २६ औं मिनेटमा हेमा असको लागि किम्जो राईले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हापको अन्तिम ३ मिनेट रहँदा हेमाअसकै अमर याक्खाले अर्को गोल थपेर २–० गोल अन्तर बनाएका थिए ।

दोस्रो हाफको २५ औं र ३८ औं मिनेटमा दिलिप धिमाल र शुक्र राईले गोल गर्दै बराबरीमा पुर्याएर खेलमा रौनक ल्याएका थिए । उद्घाटन खेलको म्यान अफ द म्याच शिखर एफसीको सौरा राउत घोषित भए ।

पथरी रंगशालामा भएको खेलमा हिमा अस हाइवे फुटबल क्लवबाट मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडी मैदानमा उत्रिएका थिए । यसैगरी शिखर फुटबल क्लवमा चन्द्रप्रसाद लिम्बु, दिलिप धिमाल लगायतका खेलाडीहरु मैदानमा थिए ।

भोली (शुक्रबार)को खेल १० नवोदय र देबिगन्ज फुटबल क्लब बीच प्रतियोगित हुने आयोजक समितिका सह–संयोजक बिक्की राईले जानकारी दिए ।

नगर प्रमखु राईले गरे लिगको उद्घाटन

उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले खेलको उद्घाटन गर्दै लिगको आधारमा १ नम्बर प्रदेशमै पहिलो भएकोले आयोजकलाई शुभकामना दिए ।

कार्यक्रममा मोरङ फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशको मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख रामकुमार बस्नेत, नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, नेकपा पथरी शनिश्चरे इन्चार्ज दिनानाथ तिम्सिना, पथरी उद्योग वाणिज्य संघको उपाध्यक्ष बिजय डाँगी, पूर्ब अध्यक्ष धनकुमार तामाङ, इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी दिलिपकुमार गिरी लगायतको उपास्थिति रहेको थियो ।

खेलाडी उत्पादनको मुख्य उद्देश्य राखेर भएको पहिलो प्रिमियर लिगमा नगरपालिकाको हेरिका न्यु स्टार, सिरिजंङ्गा, १० नबोदय, देविगंञ्ज, वाइजीएफटी, द रियल ब्रोदर्श, हिमाअस र शिखर गरी ८ वटा क्लब सहभागी छन् । लिग जित्ने हेतुले ८ वटा क्लबले १८ जनाको दरले १ सय ४४ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षण गराएका छन् ।

८ टिमलाई दुई वटा पोलमा विभाजित गरेर पहिलो चरणमा लिग गराइनेछ । लिगमा उच्च अंक ल्याउने २–२ वटा टिमले उपाधिको लागि नकआउट खेल्नेछन् । संघीय गणतन्त्र लागू भएपछि स्थानीय तहमा नेपालकै पहिलो लिग भएको फुटबलर समेत रहेका आयोजक दीपक राईको दाबी छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.