टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा सिरिजंघा एफ.सी. विजयी - Crazysaptahik.com

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा सिरिजंघा एफ.सी. विजयी

क्रेजी साप्ताहिक
पथरी । पथरीमा जारी ‘टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग–२०७७’को आज (शुक्रबार) भएको खेलमा हेरिका न्युस्टारलाई पराजित गर्दै सिरिजंघा फुटबल क्लब ३ अंक सहित विजयी बनेको छ ।

पहिलो हाफको ३३ औं मिनेटमा विजेता सिरिजंघा फुटबल क्लबको तर्फबाट दिलकुमार याक्सो लिम्बुले निर्णायक गोल गरेका थिए । हेरिका न्युस्टारका खेलाडीहरुले धेरै मौका पाउँदा पनि गोलले जाली चुमाउनबाट चुके । खेलको सोनालिका म्यान अफ द म्याच विजेता सिरिजंघा फुटबल क्लवका बिबेक आङ्देम्बे लिम्बु घोष्ति भए । उनलाई पथरी स्पोटिङ्ग क्लबका अध्यक्ष धनकुमार तामाङले पुरस्कार प्रदान गरेका थिए ।

भोलि (शुक्रबार)को खेल १० नवोदय एफ.सी. र देबिगन्ज फुटबल क्लबबीच प्रतियोगित हुने आयोजक समितिका सचिव मनि लुम्फुङ्वा लिम्बुले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.