
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा वाइजीएफटी र द रियाल ब्रोदर्श फुटबल क्लबले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिगको प्रथम चरणको अन्तिम खेल सुरु भएको १२ औं मिनेटमा द रियल ब्रोदर्श एफ.सी.का खेलाडी सुजन खत्रीले रोमाञ्चक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ८१ औं मिनेटमा पाएको पेनाल्टी सुटआउटको सदुपयोग गर्दै वाइजीएफटीका निमोन लिम्बुले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।
दुबै टिमले १/ १ अंक प्राप्त गरेका छन् । सो खेलको सोनालिका म्यान अफ दि म्याच वाइजीएफटीका संजय लिम्बु घोषित भए । आज सोमबारदेखि दोस्रो चरणको खेल हुनेछ । दोस्रो चरणको पहिलो खेल हेरिका न्युस्टार एफ.सी. र हिमाअस हाइवे बीच हुने आयोजक समितिका संयोजक संजिव गिरीले जानकारी गराए ।
आइतबारको खेलमा केहीबेर तनाव :

आइतबारको खेलमा बिपक्षी वाइजीएफटीले पेनाल्टी सुटआउटमा गोल गरेपछि द रियाल ब्रोदर्श फुटबल क्लबको कोच आक्रोसित भएका थिए । आयोजकले बारम्बार सम्झाउने प्रयास गर्दा पनि तनाव उत्पन्न भएको थियो ।
अबका खेलमा भने आयोजकले सतर्कता अपनाउने भएको छ । आजदेखि प्लेयर बक्समा खेलाडी, कोच र क्लबका अफिसियल बाहेक कोही पनि नराख्ने निर्णय भएको आयोजक समितिको सह–संयोजक बिक्की राईले बताए ।

