दोस्रो चरणको पहिलो खेलमा हेरिका र हेमाअसले बराबरी खेले - Crazysaptahik.com

दोस्रो चरणको पहिलो खेलमा हेरिका र हेमाअसले बराबरी खेले

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता आज (सोमबार)देखि दोस्रो चरणको खेल सुरु भएको छ ।

दोस्रो चरणको पहिलो खेलमा हेरिका न्युस्टार र हेमाअस हाइवे फुटबल क्लबले १ बराबर खेल्दै अंक बाँडेको छ । खेल सुरु भएको २१ औं मिनेटमा हिमा अस हाइवे एफसीका आशिस गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हापको ३ मिनेटमै हेरिका न्युस्टारका स्टार खेलाडी मिन धिमाल पेनाल्टीको सदुपयोग गर्दै गोल गर्दै बराबारीमा पु¥याएका थिए ।

खेलको सोनालिका म्यान अफ द म्याच हेरिका न्युस्टारका मिन घिमाल घोषित भए । म्यान अफ द म्याच पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ का अध्यक्ष डम्बर चेम्जोङको हातबाट प्रदान गरिएको थियो । प्रिमियर लिगको दोस्रो चरणको खेलमा हिमा अस हाइवेलाई बराबरमा रोकेपछि हाइवेको २ र हेरिका न्युस्टारको १ अंक भएको छ ।

भोलि मंगलबारको खेल शिखर एफ.सी. र सिरिजङ्गा फुटबल क्लबबीच हुने आयोजक समितिको सह–संयोजक बिक्की राईले जानकारी दिए । दुबै टिम ‘ए’ पोलको टिम हो । सिरिजङ्गा पहिलो चरणको खेल जित्दै ३ अंक प्राप्त गरेको टिम हो भने शिखर फुटबल क्लब हिमाअस हाइवेसँग बराबर खेल्दै १ अंक सहित दोस्रो चरणमा प्रवेश गरेको टिम हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.