शिखरलाई पराजित गर्दै सिरिजंगा एफ.सी. शीर्ष स्थानमा - Crazysaptahik.com

शिखरलाई पराजित गर्दै सिरिजंगा एफ.सी. शीर्ष स्थानमा

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा भइरहेको टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ मा सिरिजंगा फुटबल क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

आज (मंगलबार)को भएको निक्कै रोमाञ्चक खेलमा शिखर एफसीलाई २– १ गोल अन्तरले पराजित गर्दै सिरिजंघाले उच्च अंक बनाएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको थियो । दोस्रो हाफ सुरु भएको ९ मिनेटमा सिरिजंगाका मन्जिल खड्काले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो गोल भएको २ मिनेटमै पोल नजिकै पाएको फ्रि किक मार्फत् जहरमान चेम्जोङ लिम्बुले अर्काे गोल थप्दै क्लबलाई अघि बढाएको थियो । शिखर एफसीको तर्फबाट २९ औं मिनेटमा सौरेज राउतले गोल गरे । खेलको म्यान अफ द म्याच सिरिजंगा एफसीका खेलाडी जहरमान चेम्जोङ लिम्बु घोषित भए । म्यान अफ द म्याच सुनवर्सी वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङले प्रदान गरेका थिए भने चेम्जोङलाई पथरीकै खेलाडी/खेलप्रेमी कैलाश श्रेष्ठले ३ हजार नगद प्रदान गरे ।

भोलि (बुधबार) को खेल टेन नवोदय र वाईजीएफटी बीच हुने आयोजक समितिका संयोजक संजिव गिरीले जानकारी गराए । लिग चरणमा सिरिजंघा एफसीले ६ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । हिमाअस हाइवेको २, शिखर एफ र हेरिका न्युस्टार एफसीको १– १ अंक रहेको छ । यस्तै टेन नवोदय ३, बाईजीएफटी र द रिअल ब्रदर्स एफसीको १–१ अंक रहेको छ । देविगन्ज एफ.सी.ले दोस्रो चरणको खेल खेल्न बाँकी नै रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.