विवेक लिम्बुको गोलले हेरिका न्यू स्टार विजयी - Crazysaptahik.com

विवेक लिम्बुको गोलले हेरिका न्यू स्टार विजयी

क्रेजी साप्ताहिक
पथरी । विवेक लिम्बुले गरेको एक मात्र गोलले हेरिका न्यू स्टार एफ.सी. विजयी भएको छ ।

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शुक्रबार) भएको खेलमा हेरिका विजयी भएको हो । खेलको ७ औं मिनेटमा मिन धिमालको उत्कृष्ट पासलाई सही सदुपयोग गर्दै विवेक लिम्बुले हेड मार्फत् गरेको गोल नै निर्णयक बन्यो । खेल अवधिभर निक्कै अवसरहरु प्राप्त गरेपनि हेरिकाको अगाडि शिखर एफसी निरीह बन्यो ।

खेलमा हेरिकाले निक्कै राम्रो अवसरहरु पाएको थियो । १४ औं मिनेटमा अजय धिमालले गरेको कर्नर किक बलले जाली चुम्नबाट बिफल भयो । २३ औं मिनेटमा रमेश लिम्बुले गरेको प्रहार उत्कृष्ट फ्रिकिक पनि गोलमा परिणत हुन नसकेपछि न्यूस्टार थप गोल गर्नबाट चुक्यो ।

शिखर एफसीका सुरेश गुरुङले खेलको १० औं मिनेटमा उत्कृष्ट कर्नर प्रहार गरेका थिए तर बलले पोस्टको सही दिसा लिन सकेन । १२ औं मिनेटमा पुनः सुरेशले नै प्रहार गरेको कर्नर न्यू स्टारका मिन धिमालले हेड मार्फत् बचाएपछि शिखर एफसी हेरिकालाई अंक सुम्पन बाध्य भयो ।

सो खेलमा जित हासिल गरेपछि हेरिका न्यू स्टारले ४ अंक बनाएको छ । आजको खेलमा हार व्यहोरेसंगै शिखर एफसी खेलबाट बाहिरिएको छ । खेलको सोनालिका म्यान अफ दी म्याच हेरिका न्यू स्टारका महेन्द्र मगर घोषित भए ।

भोली (शनिबार)को तेस्रो चरणको खेल हिमाअस हाइवे र श्रीजंगा एफसी बीच हुने आयोजक कमिटीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.