पथरी शनिश्चरे प्रिमियर लिगमा द रियल ब्रदर्श विजयी - Crazysaptahik.com

पथरी शनिश्चरे प्रिमियर लिगमा द रियल ब्रदर्श विजयी

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर फुटबल लिगमा आज (सोमबार) भएको लिग चरणको अन्तिम खेलमा टेन नवोदायलाई १ – ० गोल अन्तरले हराउँदै द रियल ब्रदर्श एफसी समूह बिजेता बनेको छ ।

प्रिमियर लिगको उपाधिको लागि शिरिजंगा, द रियल ब्रदर्स, टेन नवोदय र हेरिका न्युस्टार फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेभएको छ ।

लिग चरणको अन्तिम खेलमा द रियल ब्रदर्शका लागि १५ औं मिनेटमा डम्बर मगरले हानेको गोल नै निर्णायक बन्यो । अगाडिको दुबै खेल जितेको टेन नवोदयको अपराजित यात्रा रोक्दै द रियल ब्रदर्श समूह बिजेता भएको हो । खेलको सोनालिका म्यान अफ द म्याच विजेता द रियल ब्रदर्शका दिपेन माझी घोषित भए ।

समूह चरण पार गर्दै ‘ए’बाट शिरिजंगा ९, हेरिका न्युस्टार ५, समूह ‘बी’बाट द रियल ब्रदर्श ७ र टेन नवोदय ६ अंक सहित उपाधि जित्ने होडमा सेमीफाइनल प्रवेश गरेको हो ।

सेमीफाइनल खेल पर्सी (पुस ८) ‘बी’बाट समूह विजेता द रियल ब्रदश भर्सेज हेरिका न्युस्टार र ९ गते समूह ‘ए’ बिजेता शिरिजंगा भर्सेज टेन नवोदय एफसी बीच प्रतिष्पर्धा हुनेछ । हेरिका न्युस्टार ‘ए’ र टेन नवोदय ‘बी’को उपबिजेता हो । खेलको फाइनल पुस ११ गते हुने आयोजक समितिको सह–संयोजक बिक्की राईले जानकारी दिए ।

  • तस्बिर : करण धिताल/ क्रेजी साप्ताहिक

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.