
क्रेजी साप्ताहिक
पथरी । हेरिका न्यू स्टार एफ.सी. लाई ट्राइबेकरमा पराजित गर्दै द रियल ब्रदर्शले फाइनलको यात्रा तय गरेको छ । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत विहिबार भएको खेलमा द रियल ब्रदर्श विजयी भएको हो ।
आज (बिहिबार) भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरको सहायतामा ४ – ३ गोल अन्तरले हेरिका न्युस्टारलाई पराजित गर्दै द रियल ब्रदर्श फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि थप गरिएको २० मिनेटको समयमा समेत गोल रहित बराबारी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिनुपरेको हो । खेल बिजेता टिमको तर्फबाट तिर्थराज बस्नेत, समिर याक्खा, दीपेन माझी, बिशाल पाण्डेले गोल गरेका थिए भने देबराज गुरुङले प्रहार गरेको गोल विपक्षी हेरिकाका गोल रक्षक विशाल दर्लामी मगरले रोकेका थिए ।

यस्तैगरी हेरिकाका क्याप्टेन मिन धिमालले सुट गरेको बल लेफ्ट साइडबाट आउट भएको थियो । हेरिकाका अर्का खेलाडी विवेक लिम्बुले गरेको पेनाल्टी सुट जाली चुम्नको साटो आकाशिएको थियो । हेरिकाको तर्फबाट समिर धिमाल, रमेश लिम्बु, र प्रबिण आङ्देम्बेले गोल गरेका थिए । आज भएको खेलको सोनालिका म्यान अफ द म्याच द रियलका देवराज गुरुङ घोषित भए । गुरुङले कैलाश श्रेष्ठको हातबाट ३ हजार पनि प्राप्त गरे ।
टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को उपाधिको लागि टेन नवोदय एफ. सी. र द रियल ब्रदर्श बीच शनिबार प्रतिष्प्रर्धा हुनेभएको छ ।

