सुआरेजको गोलमा एट्लेटिकोलाई २ अंकको अग्रता, रियल मड्रिड बराबरीमा रोकियो - Crazysaptahik.com

सुआरेजको गोलमा एट्लेटिकोलाई २ अंकको अग्रता, रियल मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ । लुइस सुआरेजको एक मात्र गोल मद्दतमा एट्लेटिकोले गेटाफेलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सुआरेजले यानिक कारास्कोको पासमा २०औं मिनेटमा गोल गरेका थिए ।

त्यही गोल एट्लेटिकोलाई ३ अंक दिलाउन निर्णायक बन्यो । प्रशिक्षक डिएगो सिमिओनीका एट्लेटिकोमा यो ५ सयौँ खेल समेत हो । उनको प्रशिक्षणमा यो ३०१औं जितसमेत हो । जितपछि रियल भन्दा दुई खेल कम खेलेको एट्लेटिकोले रियलमाथि नै २ अंकको अग्रता बनाएको छ । १४ खेलबाट ३५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ ।

१६ खेलबाट रियल ३३ अंकसहित दोस्रो स्थानमा छ । एल्चेसँग १–१ को बराबरीमा रोकिएपछि रियलले एट्लेटिकोसँग अंक बराबरी गर्ने अवसर गुमाएको हो । एल्चेको मैदानमा भएको खेलको २०औं मिनेटमा लुका जोभिकले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले अग्रता कायम गरेपनि दोस्रो हाफमा एल्चेले बराबरी गोल फर्कायो । एल्चेका फिडेल चाभेजले ५२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.