डिबाला र मोराटाको गोलमा युभेन्ट्स विजयी - Crazysaptahik.com

डिबाला र मोराटाको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए मा युभेन्ट्स सालेरनिटानालाई २–० ले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको २१औं मिनेटमा डिबालाले र ७०औं मिनेटमा मोराटाले गोल गरे ।

२८ औं मिनेटमा जर्जिओ किलयनीले गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै खेलको इन्जुरी टाइममा युभेन्ट्सले पेनाल्टी पाएपनि डिबालाले गोल गर्न सकेनन् ।

उनले पेनाल्टी बाहिर प्रहार बाहिर गएको थियो । यस जितपछि युभेन्ट्स १५ खेलमा २४ अंक जोडेर सातौं स्थानमा छ । सालेरनिटाना १५ खेलबाट ८ अंकसहित पुछारमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.