नेयमारबिना रोकियो पीएसजी - Crazysaptahik.com

नेयमारबिना रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ ।

पीएसजीले विपक्षीको पोष्टमा २२ पटक प्रहार गरे पनि गोल गर्न सकेन ।बराबरीपछि माउरिसो पोचेटिन्होको टोलीको शीर्ष स्थानमा १२ अंकको अग्रता रहेको छ ।

यो सिजन पीएसजी जीतविहीन बनेको यो मात्र तेस्रो पटक हो । खेलअघि मेस्सीलाई बालोन डिओर र गोलकिपर जियानलुइजी डोनारुमालाई उत्कृष्ट गोलकिपरको अवार्डसहित घरेलु दर्शनसामु प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.