
क्रेजी संवाददाता
कानेपोखरी । ३० औं अन्तराष्ट्रिय दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्ता भएका व्यक्तिहरूलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ ।
आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि सहयोग सामाग्री वितरण गरेको हो । उनीहरुलाई हृविलचियर, ट्राईसाइकल, सेतो छडी र बैसाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको थियो । हृविलचियर पाउनेहरु अभिजित चाौधरी, सुस्मिता धिमाल, गंगा जिमि, नरमाया तामाङ र डुमरी धिमाल रहेका छन् । त्यसैगरी ट्राईसाइकल पाउनेहरु खड्गबहादुर थापा, गोविन्द चौधरी, जावेल मुर्मु र गोविन्द पाण्डे रहेका छन् ।

यस्तैगरी सेतो छडी पाउनेहरु सुभावनसिं लिम्बु, विर्ख बहादुर राई, विनोद धिमाल र सन्तोष ढकाल रहेका छन् । त्यसैगरी पुर्णबहादुर राई, दिपक भण्डारी, विशाल पौदार, कमला बस्नेत, विष्णु नेपाल, नरेन्द्र राई, दिव्य कुमारी बुढाथोकी, भिमबहादुर कार्की, बुद्धमाया लिम्बुले वकर, हेयरिङ एड र बैशाखी पाएका छन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रसाशकिय अधिकृत गायत्र श्रेष्ठ, प्रवक्ता सुशिल बुढाथोकी, वडाध्यक्षहरु खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी लगाएतले हस्तान्तरण गरेको थियो ।

यसै अवसरमा गाउँपालिकाले ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । उनीहरुलाई अपाङ्ता भएर पनि व्यवसायी गरेर राम्रो आयआर्जन गरेको भन्दै सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा दिपक लुइटेल, पूर्णप्रसाद गुरागाई, खोनाई चौधरी र पूण्य प्रसाद कोइराला रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमति इङ्नामले उनीहरुलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो ।


