माओवादी कानेपोखरीको अध्यक्षमा मनोज राजवंशी चयन - Crazysaptahik.com

माओवादी कानेपोखरीको अध्यक्षमा मनोज राजवंशी चयन

क्रेजी संवाददाता
कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कानेपोखरी गाउँपालिका अध्यक्षमा २९ वर्षीय मनोज राजवंशी निर्विरोध निर्वाचित भएका छन् । राजवंशी उमेरको हिसाबले नेपालको सबैभन्दा कान्छा अध्यक्ष हुन् ।

पालिका अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीति हुँदै उनी माओवादीको पार्टी सम्मेलन आयोजक कमिटी सदस्य, मोरङ जिल्ला क्षेत्र नम्बर २ सह–संयोजक, कानेपोखरीको संयोजक हुँदै एमाले–माओवादी पार्टी एकतापछि जिल्ला सदस्य र कानेपोखरी गाउँपालिका सचिव बनेका थिए ।

पालिका अधिवेशनबाट माओवादी केन्द्र कानेपोखरीको उपाध्यक्षमा तारा ओझा, सचिवमा रोशन खत्री र सहसचिवमा हिमालसिंह थेगिम निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित खवर