
क्रेजी संवाददाता
शिवतासक्षी । प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को उपाधि धरान सिटी फुटबल क्लब सुनसरीले आफ्नो पोल्टामा पारेको छ ।
शनिबार शिवसताक्षी ७ को बालसेवा आधारभूत बिद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा ६–७ गोल अन्तरले सडनडेथमा धरान बिजयी भएको हो ।

काँकडभिटाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी योमीले दिएको पासलाई क्याप्टेन मिलन राईले गोलको खाता खोलेका थिए । यस्तै खेलको ४५ औं मिनेटमा धरानका डिफेन्डर विष्णु सुनुवारले काँकडभिटाका खेलाडी योमीलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई पुनः मिलन राईले गोल थप्ने अवसर जुरेको थियो ।

यसैगरी धरानका तर्फबाट २४ औं मिनेटमा विवेक राईले डिबक्स बाहिरबाट गरेको निक्कै फोर्सका साथ प्रहार गरेको बलले जाली चुम्दै गोलमा परिणत भएको थियो । यस्तै अर्काे गोल धरानकै विनोद राईले २५ औं मिनेटमा गरे । आजको खेलमा धरानका विवेक राईले खेल सुरु हुनेबित्तिकै गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक राजकुमार लिम्बुले ड्रफ्ट गरेर नियन्त्रणमा लिएका थिए ।
यसैगरी काँकडभिट्टाका तर्फबाट खेलको पहिलो हाफमा ३ वटा बलहरु निक्कै सुनौलो र गोल हुने संभावित प्रहारहरुले विपक्षी टिमका गोलरक्षकले पन्च गरेर गोल हुनबाट विफल तुल्याएका थिए ।
निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट २/२ गोल भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा धरानका तर्फबाट विवेक राई, विवेक लिम्बु, मन्दिप राई, बिष्णु सुनुवार, बर्तमान राईले गोल गरे । यस्तै काँकडभिट्टाका तर्फबाट मिलन राई, सावावभड, ज्याकोब, मिलन गुरुङ र योमी फाक्वान्तीले गोल गरे ।
अतः टाइब्रेकरबाट खेलको निर्णय नभएपछि खेल सडनडेथ तर्फ मोडिएको थियो । धरानका इशान राई र नविन विकले गोल गरे यता काँडभिट्टाकातर्फबाट गिल्सन लिम्बुले गोल गरे भने सुवास लिम्बु गोल गर्नबाट चुक्दा धरान विजयी भएको हो ।

फाइनल खेलको बिजेता टिमले नगद १ लाख १ हजार प्राप्त ग¥यो भने उपविजेताले नगद ५१ हजार मेडल ट्रफी प्राप्त ग¥यो । खेलको म्यान अफ द म्याच बिजेता टिमका बर्तमान राई घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरानका आशिष कार्की, बेष्ट डिफेन्डर काँकडभिटाका विशाल दर्जी, बेष्ट मिडफिल्डर धरानका विवेक राइर्, बेष्ट इस्ट्राइकर काँकडभिट्टाका इन्द्रहाङ लिम्बु भए ।
यस्तैगरी राइजिङ प्लेयर आयोजक टिमका हेमन लिम्बु भए । यस्तै काँकडभिट्टाका मिलन राई सर्वाधिक गोलकर्ता घोषित भए । उनले प्रतियोगिताभरि ४ गोल गर्न सफल भएका थिए । यस्तै प्लेयर अफ द टुर्नामेन्ट धरानका बिष्णु सुनुवार घोषित हँुदै नगद ७ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गरेका थिए ।
फाइनल खेलका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई रहेका थिए । राईले उद्घाटन गर्दै मायाको चिनो वितरण कार्यक्रममा सरिक भएका थिइ । यस्तै कार्यक्रमका विशेष अतिथि वडा नं. ७ का वडाध्यक्ष तथा नगरका प्रवक्ता नविन इजम र मुख्य प्रायोजक एनी ब्राण्डका प्रमुख सन्तोष थोप्रा लगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलमा याक्थुम केलाङ नाचले स्वागत र आफ्नो नाच प्रस्तुत गरेको थियो ।

