
लङसिंह श्रेष्ठ
जाँते । मोरङको लेटाङ नगरपालिका ८ जाँते युवा समूहले लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरी युवाहरूलाई लागूऔषध सम्बन्धी जानकारी गराइ सचेत गराएको छ ।
शनिवार परिवर्तनशिल युवा समूह लेटाङ–८ जाँतेको सहकार्यमा जाँते युवा समुहले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम तथा ¥यालीको आयोजना गरेको हो ।
कार्यक्रमलाई सहजीकरण इलाका प्रहरी कार्यालय लेटाङका इञ्चार्ज बालकृष्ण कटुवालले लागूऔषध बारे जानकारी, लागूऔषध प्रयोगकर्ता बढ्नुका कारण, लागूऔषधका लक्षण र यसका समाधानका उपायहरु बारे सचेत गराई कानूनी विधान सम्वन्धी जानकारी गराउनुभएको थियो ।

आगुऔषध विरुद्ध सचेत रहन सम्पूर्ण युवालाई सचेत गराउँदै लेटाङ – ८ र ९ का युवाहरुले विद्यालयहरुमा समेत विद्यार्र्थीहरुलाई यस बारे सचेत गराउने प्रतिबद्धता गरेका छन् ।

