चार दिवसीय योग प्रशिक्षण शिविर चल्ने - Crazysaptahik.com

चार दिवसीय योग प्रशिक्षण शिविर चल्ने


भूमिप्रसाद पाठक, पथरी शनिश्चरे,   पञ्चायत नमुना माविमा विद्यालय आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईंले पञ्चबत्ती बालेर उद्घाटन गरे ।  आयुर्वेदिक तथा योग शिक्षाको किताव विद्यालयका सहायक प्रअ बिना राईंलाई गंगाप्रसाद ढकाल, नेपाल पाताञ्जली योग समिति नेपालका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख एवम् उपाध्यक्षले गरे ।

प्रदेश नम्बर १ का संयोजक सोही कार्यक्रममा विद्यालयका शिक्षिका रञ्जीता बराल, पातञ्जली योग समिति नेपाल पथरी शनिश्चरे नगरपालिकाका उपाध्यक्ष प्रेमकला ढुंगाना, पञ्चायत मावि विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद तिम्सिना, पथरी शनिश्चरे पातञ्जली योगका अध्यक्ष भवानी तिम्सिना र नर्स शिक्षक ममता बराइली र गंगा ढुंगाना अतिथिहरू उपस्थित रहेका थिए ।

कार्यक्रममा तिनै गंगाप्रसाद ढकालले चार दिनसम्म चल्ने प्रशिक्षण दिने छन् । पञ्चायतको सभाहलमा भएको कार्यक्रममा प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रमको आयोजना प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं  १ स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र मोरङले आयोजना गरेको हो ।

कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका वैद्य तीर्थराज अधिकारीले गरेका थिए । सोही कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भएका छन् । माने यसमा नगर प्रतिनिधिको हैसियतमा गंगाप्रसाद ढुंगाना, प्रेमकला ढुंगाना, प्रकृति दाहाल र प्रज्ञा ढुंगानालाई सहजीकरणको रूपमा राखिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.