साफ यू १९ वुमन्स च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा - Crazysaptahik.com

साफ यू १९ वुमन्स च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा

काठमाडौं । यही डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–१९ वुमन्स च्याम्पियनसीपको लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । जसमा सिनियर राष्ट्रिय टिमका ६ खेलाडी समावेश छन् । राष्ट्रिय टिमका अन्जना राना मगर, विमला विक, सविता राना मगर, प्रिती राई, रश्मिकुमारी घिसिङ र रजनी थोकर हुन् । नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यू १९ नेपाली टोली
गोलकिपरः अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
डिफेण्डर ः मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ
मिडफिल्डर ः सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई
फरवार्ड ः अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

– अनलाइनखबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.