
क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा सञ्चालन भएको प्रथम राजु सोदेन स्मृति कप २०७८ को हिसाव सार्वजानिक गरिएको छ ।
गत कार्तिक ८ देखि १५ गतेसम्म भएको प्रतियोगिताको विहिबार केराबारीको गुरास होटलमा आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक खेल मूल आयोजक समितिले आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो ।
जम्मा १५ लाख ९४ हजार ३२ रुपैयाँ आम्दानी र १४ लाख १८ हजार ४७ रुपैयाँ खर्च भई १ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ आम्दानी तथा नगद मौजाद रहेको पत्रकार सम्मलेनमा जानकारी गराइएको थियो ।
तत्कालीन केराबारी गाविस खेलकुद विकास समितिको सचिव र केराबारी गाउँपालिका खेलकुद विकास समितिको उपाध्यक्ष पदमा रहेर खेलकुद क्षेत्रको विकास र उन्नतिको लागि सधै अग्रसर रहेको केराबारी १० निवासी राजु सोदेन लिम्बुको स्मृतिमा उहाको धर्मपत्नी सजिता मगर र स्थानीय युवाहरुको विशेष पहलमा खेल आयोजना भएको थियो ।
प्रतियोगिताबाट खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएपनि खेलकुदलाई नियमित व्यवस्थापन गर्ने र खेलक्षेत्रको दिगो विकास र खेलाडीको संरक्षण गर्न स्थानीय सरकारले तदारुकता देखाउन नसक्दा खेलाडी उत्पादन गर्न नसकिएको वक्ताहरुले वताएका थिए ।
सजिता मगरको सभापतित्वमा सम्पन्न भएको सो पत्रकार सम्मेलनमा राजनीतिक दलका प्रतिनीधिहरको उपस्थिती रहेको थियो । विभिन्न दाताहरु सहित विशेष योगदान र सययोग गर्नुहुने व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

