
२३ वर्षीया अश्मिता जुरेलीले काठमाण्डूमा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको महिला ’सिङ्गल फाइट’मा उपाधि जितेकी थिइन्।
नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गरेको उक्त प्रतियोगितामा अमेरिकी खेलाडीलाई परास्त गरेकी जुरेली सात वर्षदेखि रेस्लिङमा छिन् ।
तर उनले आफूलाई कलाकार बन्ने रहरले यो क्षेत्रमा ल्याएको बताएकी छन् । महिलाले पनि जे पनि गर्न सक्छन् भन्ने सन्देश दिनका लागि आफू रेस्लिङमा प्रवेश गरेको उनले बताएकी छन् ।
–बीबीसी न्यूजबाट

