प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण - Crazysaptahik.com

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

 

क्रेजी संवाददाता,

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर  र  प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.