चौतारी सामाजिक महिला उद्यमी सहकारीद्वारा उपप्रमुख सम्मानित - Crazysaptahik.com

चौतारी सामाजिक महिला उद्यमी सहकारीद्वारा उपप्रमुख सम्मानित

 


क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे– २ मा अस्थापित चौतारी सामाजिक महिला उद्यमी सहकारी संस्थाले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुको हकहितमा समेत निरन्तर सहयोग पु¥याएको भन्दै उपप्रमुख वास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

उपप्रमुख वास्तोलाले संस्थाको साधारणसभाको उद्घाटन गर्दै महिलाहरुको समग्र उत्थानमा यसप्रकारका महिला सहकारी संस्था अघि बढ्नु पर्ने बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.