एमाले वडाले बनायो टोल–टोलमा कमिटी गठनको योजना - Crazysaptahik.com

एमाले वडाले बनायो टोल–टोलमा कमिटी गठनको योजना


भूमिप्रसाद पाठक,

पथरी शनिश्चरे, नेकपा ९एमाले० १ नं। वडा कमिटी, पथरी शनिश्चरे नगरपालिकाको पार्टी कार्यालय रत्नचौकमा आज सम्पन्न पहिलो बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश बोकेर वडाभित्र झण्डै आधा दर्जन जति संख्यामा टोल कमिटी गठन गर्ने निर्णय गरेको छ ।

पार्टीका वडाध्यक्ष प्रदीपकुमार राईंको अध्यक्षता सम्पन्न बैठकले ४ जनाको रिक्तस्थान पूर्ति गर्दै कमिटीलाई पूर्णता दिएको छ भने पूर्णता पाएको कमिटी प्रणालीअन्तर्गत युवा, महिला, आर्थिक, प्रचारप्रसार गरेर ४ वटा विभाग निर्माण गरेको छ । यसको प्रमुखमा क्रमशः राजु गुरुङ, सरिता ढकाल, चीरञ्जीवी कटुवाल र भूमिप्रसाद पाठक रहेको बैठकपछि पार्टी वडा सचिव सुनील खत्रीले बताए ।

सचिव खत्रीका अनुसार बैठकले अध्यक्ष प्रदीपकुमार राईंको नेतृत्वमा देवी राईं, निलम बस्नेत, राजु गुरुङ, भूमिप्रसाद पाठक, सरिता ढकाल, गिता पाँचकोटी, पूण्य तामाङ, चीरञ्जीवी कटुवाल र मुकेश बराइली रहेको सचिवालय निर्माण गरेको छ ।

पार्टीविरोधी गतिविधिमा सामेल रहनुका साथै एमालेबाट चोइटिएको समुहको कमिटी प्रणालीअन्तर्गत जिम्मेवारी समेत लिइसकेको सन्दर्भमा पार्टीको अभिलेखमा उल्लेखित संगठित सदस्यहरू देउमान सम्बाहाम्फे, दीपक बस्नेत र जोन सुब्बालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण रूपले कारबाही प्रक्रिया अघि बढाउन माथिल्लो कमिटीसमक्ष सिफारिस गर्ने प्रस्ताव सर्वसम्मत् पास गरिएको व्यहोरा बैठक सम्पन्न भएलगत्तै वडाध्यक्ष प्रदीपकुमार राईंले बताए ।

बैठकमा पार्टी जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलिया, स्थानीय विद्वान एवम् बौद्धिक व्यक्तित्व अर्जुनकुमार क्षेत्री, क्षेत्रीय कमिटी सदस्य यमुना विष्ट, एमाले पूर्व जिल्ला कमिटी सदस्य धनकुमार तामाङ, नगर सचिव भीमकुमार राईं, नेता बाबुराम ऐङदेन, नेता दुर्गा सिटौला, धनप्रसाद साँवा र नेतृ रोमान्सी धिमालको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.