बालाश्रमको सहयोगमा सांगितीक कार्यक्रम - Crazysaptahik.com

बालाश्रमको सहयोगमा सांगितीक कार्यक्रम


भूमिप्रसाद पाठक,

पथरी शनिश्चरे,  दमकको गोर्खा डिपार्टमेण्टअघि आमा सन्तति नेपाल, बालाश्रमको सहयोगमा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।  पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको दीप प्रज्ज्वल पूज्य माता देवमाया राईंले गर्नुभएको थियो ।

दमक नपा वडा नं ७ वडाध्यक्ष भीमबहादुर पौडेल विशिष्ट अतिथि रहनुभएको थियो भने सो कार्यक्रममा माङखेसेबुङ विजेता चोत्लुङ केदेमले कार्यक्रम प्रस्तुति दिएका थिए ।

यसमा दोस्रो हुन सफल दिलमाया लिम्बू, मोडल तथा नृत्य निर्देशक अनिश लिम्बू, हाँस्य कलाकार आशिष दाहाल फट्याङ्ग्रेलगायत थुप्रै कलाकर्मीहरूले हाँस्य प्रस्तुतिहरू पस्किएका थिए ।

यसको मुख्य आकर्षक नेपाली ताराका विजेता एवम् राष्ट्रिय गायक दीपक लिम्बूले आफ्ना आधा दर्जन गीतमार्फत दर्शक एवम् स्रोताहरूको मन जितेका थिए ।

कार्यक्रमको आयोजक आमा सन्तति नेपाल बालाश्रम गौरादह – १ झापा र प्रायोजक वल्र्ड लिंक कम्युनिकेशन प्रालि दमक झापाले गरेको थियो । बालाश्रम सञ्चालिका मीरादेवी राईंले गरेकी थिइन् ।

स्थानीय गायक नन्दु गुरुङको सुमधुर गीतले पनि कार्यक्रमको ओज बढाएको थियो । पथरी शनिश्चरेको स्थानीय पत्रिका क्रेजी डटकम र कुरकुरे डटकम मिडिया पार्टनरको भूमिकामा रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.