प्रिमियर लिगमा पाँचवटै प्रमुख क्लब वियजी - Crazysaptahik.com

प्रिमियर लिगमा पाँचवटै प्रमुख क्लब वियजी

प्रिमियर लिगमा ठूला क्लबहरु म्यानचेष्टर सिटी, लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सनलले एकै दिन जित हात पारेका छन् । जितपछि यी क्लबहरु शीर्ष ६ भित्र रहेका छन् । सिटीले घरेलु मैदानमा वल्भ्सलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ ।

सिटीका रहिम स्ट्रलिङले एक मात्र गोल गरे । यस्तै लिभरपुलले एस्टन भिल्लालाई १–० ले नै हरायो । लिभरपुलका लागि मोहम्मद सालाहले निर्णायक गोल गरे । अर्को रोमाञ्चक खेलमा चेल्सीले पुनरागमन गर्दै लिड्स युनाइटेडलाई ३–२ ले हरायो ।

चेल्सीका लागि जर्गिन्होले दुई पेनाल्टी गोल गरे । यस्तै माउन माउन्टले एक गोल गरे । जितपछि सिटी, लिभरपुल र चेल्सी क्रमश शीर्ष स्थानमा यथावत छन् । १६ खेलपछि सिटीको ३८ अंक भएको छ भने लिभरपुलको ३७ र चेल्सीको ३६ अंक छ ।

अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले नर्विचलाई १–० ले हरायो । जितपछि युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । एक खेल कम खेलेको वेष्टहमको पनि २७ अंक रहेपनि गोलअन्तरमा युनाइटेडभन्दा अघि छ ।

यसैगरी आर्सनलले साउथह्यम्पटनलाई ३–० ले सहजै हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेटले, मार्टिन ओडेगार्ड र गाब्रीएलले गोल गरे । आर्सनल २६ अंकसहित छैटौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.