रोनाल्डोको पेनाल्टीमा युनाइटेड विजयी - Crazysaptahik.com

रोनाल्डोको पेनाल्टीमा युनाइटेड विजयी

स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १–० अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् । शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३–० अन्तरले पराजित गरे ।

आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १\ १ गोल गरे । खेलको २१औँ मिनेटमा लाकाजेटले अग्रता बनाउँदा २७औँ मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए । ६२औँ मिनेटमा ग्राबियलले गोल गर्दा आर्सनल सहज स्थितिमा पुग्यो ।

जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्काे खेलमा सहज जित पाएको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.