
क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको दिलमाया स्मृतिकपको फाइनलमा विजयी हुँदै शिवसताक्षी–११ ले उपाधि आफ्नो पोल्टामा पारेको छ । झापा गाउँपालिका ६ लाई सडनडेथमा हराउँदै शिवसताक्षी ११ विजयी भएको हो ।
शनिबार भएको खेलको निर्णय ट्राइबेकरमा ७–६ गोल अन्तरले झापा ६ लाई हराउँदै शिवसताक्षी ११ उपाधि हात पार्न सफल भएको हो ।
खेलकोे पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको १८ मिनेटमा शिवसताक्षीका सुरज मगरले गोल गरेका थिए ।

यस्तै दोस्रो हाफको ३९ औं मिनेट झापा ६ का तर्फबाट नन्दु हेमरोनलाई गोल गोल फर्काउन सफल भए । यसरी १–१ को बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकर दुवै टिमबाट गोल बराबरी भएपछि खेल सडेनडेथबाट फाइनल खेलको निर्णय भएको थियो । झापा ६ तर्फबाट हानेको गोल शिवसताक्षी ११ का गोल किपरले बचाउ गरेपछि शिवसताक्षीले उपाधि चुमेको हो ।
खेलको विजेता शिवसताक्षी ११ ले २ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिम झापा गाउँपालिका ६ ले नगद १ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो।
फाइनल खेलको म्यान अफ दि म्याच शिवसताक्षी ११ खेलाडी सिमसन राई घोषित भए । यस्तै सर्वाधिक गोलकर्ता झापा ६ का सुरज पौडल, उत्कृष्ट डिफेन्डर शिवसताक्षी ११ जेरन राई, उत्कृष्ट मिट फिल्डर शिवसताक्षीका संजोग मगर, सर्वोत्कृष्ट गोलकिपर शिवसताक्षी १० टेकराज योङहाङ घोषित भए । यस्तै सर्वोत्कृष्ट खेलाडी शिवसताक्षी ११ निकेश श्रेष्ठ घोषित भए ।

