नेकपा एमाले पथरीशनिश्चरे ३ द्वारा १ नं. टोल कमिटी गठन - Crazysaptahik.com

नेकपा एमाले पथरीशनिश्चरे ३ द्वारा १ नं. टोल कमिटी गठन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ३ ले विष्णुलाल गौतमको अध्यक्षमा १७ सदस्यीय १ नं. टोल कमिटी गठन गरेको छ ।

सोमबार गठन गरिएको टोल कमिटीको उपाध्यक्षमा लोकनाथ गौतम, सचिवमा लक्ष्मीप्रसाद गौतम, उप–सचिवमा क्रमशः सुबन्धा राई र नारायणप्रसाद कोईराला रहेका छन् । यस्तैगरी सदस्यहरुमा देवीप्रसाद भट्टराई, भुवनेश्वर पोख्रेल, गोविन्द पोख्रेल, गंगाप्रसाद दाहाल, ईन्द्रप्रसाद दाहाल, गणेशबहादुर भण्डारी, त्रिलोचन काफ्ले, दधिराम कोईराला, नरबहादुर खोकरेल, ज्ञानेन्द्र भट्टराई, शेरबहादुर थापा, खरिमाया नेपाल रहेका छन् । २१ सदस्यीय टोल कमिटी मध्ये ४ जना सदस्यहरुको पदपुर्ती टोल कमिटीले गर्नेछ ।

पथरीशनिश्चरे ३ वडाका अध्यक्ष गणेश बाछानाको अध्यक्षता, सचिव अर्जुन काफ्लेको सञ्चालन र केन्द्रीय सदस्य युवराज बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलिया, नगर कमिटी अध्यक्ष रमेश दाहाल, नगर कमिटी उप–सचिव रुक्मिणा बजगाइँ, नगर कमिटी सदस्यहरु मोहन गौतम, सनम चौहान लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर