बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु - Crazysaptahik.com

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

एजेन्सी । बेलायतमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री बोरिस जोन्सनलाई ओमिक्रोन संक्रमितको मृत्यु भएको जानकारी गराएको छ ।
बेलायतमा एकैदिन १२ सय ३९ जना संक्रमित थपिएकै बेला एक जनाको मृत्यु समेत भएको हो ।

बेलायतको इङल्याण्ड र वेल्समा संक्रमण नियन्त्रण बाहिर गएको भन्दै चिन्ता थपिरहेकै बेला संक्रमितको मृत्यु भएपछि बेलायत सरकार र जनतामा त्रास फैलिएको छ । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन हाल ५७ बढी राष्ट्रमा फैलिइसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.