
क्रेजी संवाददाता
कानेपोखरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मोरङको पाँचौ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बालाई सर्वसहमत अध्यक्ष चयन गरेको छ ।
सोमबार कानेपोखरीमा भएको पाँचौ जिल्ला अधिवेशनले सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष चुनेको हो । सम्मेलनले उपाध्यक्षमा अशोक गुरुङ, सचिव अनिल श्रेष्ठ, सहसचिव बबिता साम्पाङ राई, कोषाध्यक्ष राजकुमारी तामाङ चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा सुरन्जन लिम्बू, सुमन कुरुम्बाङ, विद्यानन्द चौधरी, शिवहाङ राई, सृजना धिमाल, संगीता राई, सम्झना राई, राजेश राजवंशी निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनले केन्द्रीय पार्षदमा भक्तशेर लिम्बु, फिपराज बेघा र सुजता लिम्बु सर्वसहमत चयन भएका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा सन्दिप राई, बबिता लिम्बु, अजित धिमाल, सन्तोष राई, ऋषि राई, बाबुराम मुडियारी, सोनिकुमार आङ्देम्बे चयन भएका छन् । फोनिज मोरङमा ४५ जना पत्रकार आवद्ध रहेका छन् ।
अधिवेशनमा सम्मान

फोजिन मोरङले पाँचौ अधिवेशनको अवसरमा १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईसहित तीन जनालाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट आदिबासी पत्रकार र समुदायमा उच्च योगदान गरेको भन्दै पत्रकार अर्जुन जम्नेली राई, भक्तशेर लिम्बू र उत्तम राईलाई सम्मानपत्रले सम्मान गरेका हुन् । सम्मानित तीनै जना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको पूर्ब अध्यक्ष हुन् ।
अधिवेशन खुल्ला सत्रमा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले देश, प्रदेश र स्थानीय बिकास र संमृद्धिको लागि कलम चल्नु पर्ने बताए । पत्रकारहरुले नियतबस कलम नचलाएर तथ्यको आधारमा समाचार लेख्न आग्रह गरे । प्रमुख काफ्लेले पालिकामा लिम्बू, धिमाल, राजवंशी, गुरुङ, माझी, राई, तामाङ भाषा बिकासको लागि प्रयास गरिरहेको बताए । कानेपोखरीमा कालिकोशीबाट २ हजार बिगाहा जग्गा सिंचाइ गर्दै आएको, कानेपोखरी लगायतको पर्यटकीय क्षेत्र विकासको प्रयास भइरहेकोले पत्रकारहरुले प्रचार गरेर सहयोग गर्न आनुरोध गरे ।
कार्यक्रममा फोनिज संघीय सचिव कमन देवान, १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश सल्लाहकार भक्तशेर लिम्बु, कानेपोखरी वडा अध्यक्षहरु चरण गुरुङ, मोहन अधिकारी, उपाध्यक्ष फिपराज बेघा, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य केदार चौहान, प्रेस युनियन जिल्ला सभापति भोजराज श्रेष्ठ, प्रेस सेन्टर पूर्वी मोरङ शाखा अध्यक्ष सरोज बस्नेत, प्रेस मञ्च नेपाल जिल्ला अध्यक्ष मुकेश भगत, सञ्चार क्लव नेपालको अध्यक्ष नवराज भट्टराई लगायतले शुभकामना दिएका थिए ।

