पथरीशनिश्चरे– ८ मा कानूनी परामर्श तालिम संचालन - Crazysaptahik.com

पथरीशनिश्चरे– ८ मा कानूनी परामर्श तालिम संचालन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ८ सोमबारेमा अवस्थित प्रभात सामुदायिक युवा क्लबले नगर भित्रका युवा तथा महिलाहरुलाइ नेपालको संबिधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी ५ दिने कानूनी परामर्श तालिम संचालन गरेको छ ।

प्रमुख अतिथिको रुपमा आज तालिमको उद्घाटन गर्दै वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहालले कार्यक्रममा बोल्दै आफुपनि पुरानो सदस्य रहेको प्रभात सामुदायिक युवा क्लबले सक्रिय रुपमा यो क्षेत्रमा सामाजिक रुपान्तरण र जागरणको अभियान थालनी गरेको बताउनु भयो ।

क्लबका अध्यक्ष नवीन कार्कीको अध्यक्षतामा सम्पन्न तालिममा पथरी शनिश्चरे नगरपालिकाका कानूनी सल्लाहकार दिपक राईले सहजीकरण गर्नुभएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.