शिवसताक्षीको चासोक तङ्नाममा आज गायक एकदेवले गाउने - Crazysaptahik.com

शिवसताक्षीको चासोक तङ्नाममा आज गायक एकदेवले गाउने

क्रेजी संवाददाता
शिवसताक्षी । टिनएजले औधी मन पराएका गायक एकदेव लिम्बु झापाको शिवसताक्षी–७ मिलन चौकमा आज आफ्नो प्रस्तुति दिन आउँदैछन् ।

मिलन साँस्कृतिक परिवारले आयोजना गरेको ‘मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८’मा धुम मच्चाउने सुरमा एकदेव झापा आउने भएका हुन् ।

‘सिउँदो’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा क्लिक भएका एकदेवको ‘तिम्रो मुटुमा…’, ‘सिरफुल १…’, ‘सिरफुल २’, ‘क्या राम्री…’, ‘च्यान्टी मायालु…’, ‘तिमी मेरो को हौं..?’, ‘आ है…’, ‘ब्लाक एण्ड ह्वाइट…’ लगायतका गीतहरु हिट छन् । एकदेवसँगै गायिका सुनिता संयक (लिम्बु)को पनि विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस्तैगरी अन्य कार्यक्रममा चासोक सेवा पूजा तथा प्रसाद वितरण कार्यक्रम, चासोक तङनाम प्रमुख कार्यक्रमको उद्घाटन, छेलो (पलङ) धनु (लि), डोरी तान्ने (इधाक), स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुति र सम्मान तथा पुरस्कार वितरण हुने आयोजकका मणि बोखिम लिम्बुले जानकारी गराए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.