
क्रेजी संवाददाता
विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ ।
फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० हजार रुपैयाँको साथै आकर्षक ट्रफिक हात पारेको छ ।
उपबिजेता बनेको डनबस्को स्कूलले नगद ५ हजार रुपैयाँको साथै ट्रफिममा चित्त बुझायो । जितको लागि जनकका सौगात थारू र अमितकुमार चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डनबस्को अभिषेक कामत घोषित भए ।
प्रतियोगिताको बेस्ट कोच जनकको करण माझी घोषित भए । प्रतियोगिताको हाइस्कोर जनकका सौगात थारु, बेस्ट फरवर्ड गोदावरी स्कूलका केवल राई, बेस्ट मिड फिल्डर डनबस्को विराज रेग्मी, बेस्ट डिफेन्टर जनकका प्रभू नारयण माझी, बेस्ट किपर एभरेष्टका आशुदिप खड्का घोषित भएका छन् । यस्तै वेस्ट पिलियर जनकका अमित कुमार चौधरी, राइजिङ्ग पिलिएर जेविएरका अनुभव थापा मगर र प्रतियोगिताको अनुशासित टिम डिपिएस स्कूल भयो ।

