उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट हुने - Crazysaptahik.com

उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट हुने

क्रेजी संवाददाता
पथरी । मोरङको उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट २०२१ हुनेभएको छ । यही पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेबाट सो कार्यक्रम हुनेभएको हो ।

नाइट कन्सर्टमा नेपाली सुगम संगीतका चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा प्रस्तुत हुनेछन् । यस्तै अन्य गायकहरूमा नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्रीको पनि बेजोड प्रस्तुति रहनेछ । सो कार्यक्रममा अल राउन्ड डान्स स्टुडियो एण्ड न्यू डान्स लेडिज फिटनेट हाउसको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रस्तोता गायक तथा संगीतकार तारावीर पाण्डले सम्हाल्ने भएका छन् भने राजेन्द्र गिरीले जादु पस्कने बताइएको छ । साथै पूर्वाञ्चलका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

सो कार्यक्रमलाई १२ सिंगे वियरले प्रायोजन गरेको हो । सो कार्यक्रममा ३ हजारको हाराहारीमा दर्शक आउने अनुमान आयोजकले राखेको छ । होटल ग्रान्डले यस्तै किसिमको कार्यक्रमहरू महिनामा ३/४ वटा गर्दै आएको होटलका संचालकहरू केशव भट्टराई, विवेक दाहाल, नविन कुमार भट्टराईले जानकारी गराए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.