उर्लाबारीका प्रहरी निरीक्षक खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित - Crazysaptahik.com

उर्लाबारीका प्रहरी निरीक्षक खड्का ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख राजाराम खड्का मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिनाको पुष ७ गते प्रदेश १ भरीका प्रहरी कर्मचारीहरु कार्यविवरणको आधारमा २ जना प्रहरी कर्मचारीहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषण गर्दै आएको छ ।

जसअन्र्तगत मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” कर्मचारीमा उर्लाबारी इलाकामा कार्यरत प्रहरी इनिस्पेक्टर खड्का प्रहरी चौकी कप्तानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान राजेश कुमार साह रहेका छन् ।

विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै उनिहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरुले प्राप्त गरेको सम्मान पत्रमा जवरजस्ती करणी, चोरी पठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.