
भूमिप्रसाद पाठक
पथरीशनिश्चरे । गाउँ गाउँमा एमाले अभियान अन्तर्गत सोमबार नेकपा एमाले , १ नम्बर वडा कमिटीले टोल कमिटी गठन गरेको छ ।
चन्द्र ढकालको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको हो । सर्वसम्मत निर्वाचित टोल कमिटी सदस्यहरुलाई प्रमुख अथिति १ नं. प्रदेश कमिटीका सदस्य देवराज भण्डारीले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
जिल्ला कमिटी सल्लाहकार सदस्य, नगर सचिवालय सदस्य , नगर कमिटी सचिव भीमकुमार राई, नगर कमिटी सदस्य, वडा कमिटी सदस्य तथा संगठित सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम १ नं. वडा कमिटी अध्यक्ष प्रदिमकुमार राईको अध्यक्षता गर्नुभएको थियो भने संचालन वडा सचिव सुनिल खत्रीको रहेको थियो ।

