दोस्रो शिवसत्ताक्षी भेट्रान फुटबल प्रियोगिताको पहिलो सेमीफाईनल खेल आजबाट सुरु - Crazysaptahik.com

दोस्रो शिवसत्ताक्षी भेट्रान फुटबल प्रियोगिताको पहिलो सेमीफाईनल खेल आजबाट सुरु

क्रेजी संवाददाता 
शिवसताक्षी। झापाको शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा प्रस्तावित फूलबारी रंगशालामा भईरहेको खेलमा आज वडा नम्बर १० भर्सेस वडा नम्बर ११ बिच दिनको ठिक २स्३० बजे हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए ।

वडा नम्बर ११ले वडा नम्बर ३ लाई ३\१ गोल अन्तरले पाखा लगाउँदै सेमी फाईनलको यात्रा तय गरेको हो भने वडा नम्बर १०ले वडा नम्बर २ लाई १का विरुद्ध ३गोलले पराजित गर्दै सेमी फाइनल प्रवेस गरेको थियो ।

आज हुने दुवै टीम उपाधी दावेदार रहेकोले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । दुवै टोलीमा पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि आजको खेललाई महत्वको साथ हेरिएको छ।

यस प्रतियोगिता को बिजेताले नगद ५०हजार रुपैयाँ सहीत ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले ३०हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए । खेलको दोस्रो सेमिफाइनल मा भोली वडा नम्बर ९ र १बीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.