अस्ट्रेलिया विश्वकप फुटबलको प्रि–काटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो ।
अष्ट्रेलियालाई जित दिलाउन मेथु लेक्यूले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । यसै समूह अन्तर्गत भएको अर्को खेलमा फ्रान्सलाई ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले हराएको छ ।
समूह डी मा फ्रान्स ३ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा प्रवेश गर्यो । यता अष्ट्रेलिया ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो ।