पथरीशनिश्चरे वडा नं. ८ मा सीसी क्यामेरा जडान - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ८ मा सीसी क्यामेरा जडान

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा सीसी टिभी क्यामेरा जडान गरिएको छ ।

बुधबार वडा कार्यालय व्यवस्थापनको शीर्षकमा बिनियोजित बजेट मध्येको ९८ हजार बराबरको क्यामेरा जडान गरिएको वडाले जनाएको छ ।

कार्यालयलाई अझ व्यवस्थित, जनमुखी बनाउन र कागजातको सुरक्षाको लागि क्यामरा जडान गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर