ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घद्वारा फिफामा उजुरी - Crazysaptahik.com

ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घद्वारा फिफामा उजुरी

‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले गरेको गोललाई रेफ्री म्याथ्यू कोङ्गरले शुरूमा मान्यता दिएपनि ‘भिएआर’ जाँच गर्दा उक्त गोल अफसाइड अवस्थामा भएको भन्दै रेफ्रीले आफ्नो पूर्व निर्णयलाई फिर्ता लिँदै गोललाई अमान्य घोषणा गरेका थिए ।

ग्रिजम्यानले ट्युनिसियाली डिफेन्डरको एक्शनमा हस्तक्षेप गरेको भन्दै रेफ्री कोङ्गरले निर्णयलाई उल्टाएका थिए । फ्रान्सले उक्त निर्णयलाई लिएर फिफामा आधिकारिक उजुरी पठाएको छ । उजुरीमा गोललाई ‘अन्यायपूर्ण तरिकाले अस्वीकार गरिएको’ उल्लेख गरिएको छ ।

“यदि खेल रोकिएपछि पुनः सुरु भएको छ भने रेफ्रीले केवल गलत पहिचान वा निर्णय भएको थियो वा थिएन भनेर ‘भिएआर’ परीक्षण गर्ने फिफाको प्रावधान अनुसार गोलको प्रबिधिको सहयोगमा परीक्षणपछि निर्णय उल्टाइएको थियो ।

यदि ग्रिजम्यानको गोल कायम रहेको भए फ्रान्सले विश्वकपमा ट्युनिसियाविरुद्धको खेलबाट तेस्रो जित हात पार्न सक्थ्यो । तर यसले समूह ‘डी’ को अन्तिम नतिजामा कुनै फरक पार्ने थिएन । समूहमा फ्रान्सले ६ अङ्कका साथ जीत हासिल गरेको छ भने अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.