‘धार्मिक सहिष्णुता’ वक्तृत्वकला प्रतियोगितामा सरस्वती प्रथम - Crazysaptahik.com

‘धार्मिक सहिष्णुता’ वक्तृत्वकला प्रतियोगितामा सरस्वती प्रथम

क्रेजी संवाददाता
पथरीशनिश्चरे । सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल मोरङको आयोजनामा शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान हासिल गरेकी छिन् ।

पथरीशनिश्चरे–१० मा अवस्थित वाई.एफ.सी. डान्स सेन्टरमा भएको बक्तित्व कला प्रतियोगितामा रतुवामाई नगरपालिकाको महेन्द्र माविमा अध्ययरत छात्रा कटुवाल प्रथम भएकी हुन् ।

यस्तै पथरीशनिश्चरे–४ को भागिरथ माविमा अध्ययरत छात्र सुशिल थारु दोस्रो र पथरीशनिश्चरेको पञ्चायत माविकी लियोना भट्टराईले तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई क्रमशः ७ हजार, ५ र ३ हजार नगद, प्रमाण–पत्र र ट्रफी प्रदान गरिएको थियो । मोरङको ९ वटा विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीहरुले वक्तृत्वकला भाग लिएका थिए ।

‘धार्मिक सहिष्णुता’ शीर्षकमा भएको प्रतियोगिताको निर्णायक पञ्चायत माविका शिक्षक समेत रहेका सञ्चारकर्मी अर्जुन जम्नेली राई, झापा दमक घर भएका साहित्यकार कृष्ण घिमिरे (कश्यप) र लेटाङकी सामाजिक अभियान्ता शान्ति पाख्रिन तामाङ रहेका थिए ।

आयोजक संस्थाको अध्यक्ष रामचन्द्र बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति सञ्जालको केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, १ नं. प्रदेश समिति सचिव चन्द्र घिसिङ, स्थानीय समाजसेवी प्रदिपकुमार राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा साहित्यकार सुमन राईले कबिता, निर्णायक कृष्ण कश्यापले गजल वाचन गरेका थिए ।

सञ्जालको मोरङ जिल्ला अध्यक्ष सुमन कुरुम्बाङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे १ स्थित सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ, भूटानी शरणार्थी शिविर सचिव चम्पासिंह राई, समाजसेवी गणेश थक्लुङ, मान दियाली, इन्द्रकुमारी लिम्बु, पथरी जेसीज अध्यक्ष अनु राई, पथरीशनिश्चरे नगरको पूर्ब जनप्रतिनिधिहरु काशिहाङ राई, अनोज घिमिरे, पथरीशनिश्चरे नगरको सूचना सम्पादक सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आर्थिक सहयोग ब्रेड फर द वल्र्ड जर्मनी, प्राविधिक सहयोग अन्तर धार्मिक शान्ति महासंघ नेपाल र व्यवस्थापन अन्तर धार्मिक शान्ति सञ्जाल नेपालको रहेको थियो ।

 

सम्बन्धित खवर