वडा नं. ७ मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम - Crazysaptahik.com

वडा नं. ७ मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरे वडा नं. ७ मा ‘सहभागितामूलक ग्रामीण लेखाजोखा’ (पी.आर.ए.) कार्यक्रम सम्पन्न भएको छ ।

आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना कार्यक्रम भएको हो । कार्यक्रममा वडाका सहभागीहरुको साथमा छलफल साथै अन्तरक्रिया सम्पन्न गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष उद्धवराज बस्नेत, नगर लघु उद्यम विकास शाखा संयोजक सपना कार्की, वडा सदस्य सपना राई लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर