२२ वर्षपछि पाकिस्तानमा इंग्ल्याण्डको ऐतिहासिक जीत - Crazysaptahik.com

२२ वर्षपछि पाकिस्तानमा इंग्ल्याण्डको ऐतिहासिक जीत

१७ वर्षपछि पाकिस्तानको भूमिमा टेष्ट खेल खेलेको इंग्ल्याण्डको टोलीले रावलपिण्डी टेस्ट जितेको छ । इंग्ल्याण्डले पाकिस्तानलाई ७४ रनले पराजित गरेको हो । इंग्ल्याण्डले रावलपिंडी टेस्टको पहिलो दिन चार विकेट गुमाएर ५०६ रनको कीर्तिमान बनाएको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा खेलको पहिलो दिनमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा ६५७ रन बनाएको थियो ।यसमा चार ब्याट्सम्यानले शतक बनाए । त्यस्तै पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा तीन ब्याट्सम्यानको शतकको मद्दतले ५७९ रन बनाएको थियो ।

इंग्ल्याण्डले २६४ रन बनाएर दोस्रो इनिङ्स घोषणा गर्दै पाकिस्तानलाई जितका लागि ३४३ रनको लक्ष्य दिएको थियो । तर पाकिस्तानको टोली २६८ रनमा सिमित भयो । पाकिस्तानको भूमिमा टेस्ट म्याचमा २२ वर्षपछि इंग्ल्याण्डको यो पहिलो जित हो ।

इंग्ल्याण्डले डिसेम्बर २००० मा कराँची टेस्ट ६ विकेटले जितेको थियो। पाकिस्तानको भूमिमा टेस्ट म्याचमा इंग्ल्याण्डको यो मात्र तेस्रो जित हो। bपाकिस्तान र इंग्ल्याण्डबीच पाकिस्तानमा अहिलेसम्म २३ टेष्ट म्याच खेलिएको छ । जसमध्ये पाकिस्तानले ४ र इंग्ल्यान्डले ३ जित हात पारेको छ ।

अन्य १६ टेस्ट ड्र भएका छन् । यदि समग्र रेकर्डको कुरा गर्ने हो भने दुवै देशले अहिलेसम्म जम्मा ८७ टेस्ट खेलेका छन् । यहाँ इङ्ल्यान्डले २७ जितसहित पाकिस्तानलाई (२१ जित) पछि पारेको छ।

सम्बन्धित खवर