विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै - Crazysaptahik.com

विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ ।

नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ ।

नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक–एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खवर