एसिया रग्बीका अध्यक्ष कैस नेपालमा - Crazysaptahik.com

एसिया रग्बीका अध्यक्ष कैस नेपालमा

एसिया रग्बीका अध्यक्ष कैस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् ।

दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।

रग्बीका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरे लगायतले अध्यक्ष धलाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।

सो अवसरमा अध्यक्ष धलाइले यु–१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिँदै प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल एसिया रग्बीको सक्रिय संघ मध्ये एक भएको बताउँदै नेपाल लुम्बिनी, सगरमाथाको देश भएको हुँदा आउँदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.